धादिङ बस दुर्घटना : आठ जनाको मृत्यु | Khabarhub Khabarhub

धादिङ बस दुर्घटना : आठ जनाको मृत्यु


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङमा सडकबाट त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरीमा भएको दुर्घटनामा अरु १५ जनाको उद्धार गरिएको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भएको मानवीय क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १ : ०८ बजे

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

आज २०८० साल असोज १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्ज – वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार

अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको