कोशी प्रदेशसभा बैठक एमाले र राप्रपाद्वारा बहिष्कार | Khabarhub Khabarhub

कोशी प्रदेशसभा बैठक एमाले र राप्रपाद्वारा बहिष्कार


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

बुधबारको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इस्राइल मन्सुरीले गरेका छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इस्राइल मन्सुरीले थापाको पक्षमा मत दिएका थिए । सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : ३२ बजे

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन्

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभल’मा भाग लिन फ्रान्स प्रस्थान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म

दाँतमा हुनसक्छ वंशाणुगत समस्या : कसरी हेरचाह गर्ने ?

काठमाडौं – दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सुरु

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल