धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।  

घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु ।  घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।’

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : ५० बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने