कोशी प्रदेशसभाको बैठक स्थगित « Khabarhub

कोशी प्रदेशसभाको बैठक स्थगित


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगन गरिएको हो ।

आजको प्रदेशसभामा प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफल हुने कार्यसूची रहेको थियो ।

आज दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक केही समय ढिला गरी सञ्चालन हुने क्रममा विरोध सुरु भएपछि सभामुख मन्सुरीले बैठक स्थगन भएको घोषणा गरेका थिए ।

यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया गैरकानुनी र असंवैधानिक भएको भन्दै एमाले र राप्रपाले विरोध गरेको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : ०६ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित