मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरूद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर  | Khabarhub Khabarhub

मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरूद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर 


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरूद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । 

पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) कोशीका संसदीय दलका नेता हिक्मतकुमामर कार्कीले बुधबार वारेसमार्फत् सर्वोच्चमा रिट दायर गरेका छन्।  

सोमबार प्रदेश सभा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर थापाले विश्वासको मत पाएका थिए। एमालेले त्यसलाई असंवैधानिक भन्दै आएको छ। 

सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : ५५ बजे

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्

सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।