जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ : योगेश भट्टराई | Khabarhub Khabarhub

जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ : योगेश भट्टराई


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान ठीक दिशातिर गइरहेको बेला अचानक अर्कैतिर लाग्ने गरेकाले छानबिन आयोगको माग गरिएको बताए ।

उनले भने, ‘ललिता निवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ।’

सुन तस्करी, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूको नाम आउँदा अनुसन्धान प्रभावित भएको भट्टराईको भनाइ थियो । एमालेले त्यस्ता प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

एमालेले राज्यका कुनै निकायलाई पनि अविश्वास नगरेको तर सीआईबी र एमालेबीच अविश्वास पैदा गर्न खोजेको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : १० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको