जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ : योगेश भट्टराई « Khabarhub

जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ : योगेश भट्टराई


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान ठीक दिशातिर गइरहेको बेला अचानक अर्कैतिर लाग्ने गरेकाले छानबिन आयोगको माग गरिएको बताए ।

उनले भने, ‘ललिता निवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ।’

सुन तस्करी, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूको नाम आउँदा अनुसन्धान प्रभावित भएको भट्टराईको भनाइ थियो । एमालेले त्यस्ता प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

एमालेले राज्यका कुनै निकायलाई पनि अविश्वास नगरेको तर सीआईबी र एमालेबीच अविश्वास पैदा गर्न खोजेको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : १० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।