सुन तस्करीका बिचौलियाको सूचना मसँग छ :  रवि लामिछाने | Khabarhub Khabarhub

सुन तस्करीका बिचौलियाको सूचना मसँग छ :  रवि लामिछाने


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा उच्च तहका नेता, पूर्वएआईजीपी र पत्रकारहरू पनि मुछिएको सूचना आफूसँग रहेको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए हुन्। 

उनले भने  ‘तस्करीको सुन आएको कुराको जानकारी अहिले पक्राउ परेका दावा (दावा छिरिङ) नामका व्यक्तिलाई फोटो पनि पठाएको इमानदार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्’, ‘यो प्रकरणमा जोडिएका विचौलियाको पनि मकहाँ विवरण आएको छ। यसबारे मैले सम्बन्धित सरकारी निकायलाई जानकारी दिनेछु।’  

उनले सुन प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआआईबी) सरकारले दबाब दिइरहेको पनि आशंका व्यक्त गरे। सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो।

लामिछानेले सुन तस्करी प्रकरणको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे पनि संलग्न रहेको जिकिर गरे।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : ५२ बजे

सुदूरपश्चिममा ३४ प्रतिशत मात्र बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर– गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा

नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल (तस्बिरहरु)

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम