सुन तस्करीका बिचौलियाको सूचना मसँग छ :  रवि लामिछाने « Khabarhub

सुन तस्करीका बिचौलियाको सूचना मसँग छ :  रवि लामिछाने


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा उच्च तहका नेता, पूर्वएआईजीपी र पत्रकारहरू पनि मुछिएको सूचना आफूसँग रहेको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए हुन्। 

उनले भने  ‘तस्करीको सुन आएको कुराको जानकारी अहिले पक्राउ परेका दावा (दावा छिरिङ) नामका व्यक्तिलाई फोटो पनि पठाएको इमानदार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्’, ‘यो प्रकरणमा जोडिएका विचौलियाको पनि मकहाँ विवरण आएको छ। यसबारे मैले सम्बन्धित सरकारी निकायलाई जानकारी दिनेछु।’  

उनले सुन प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआआईबी) सरकारले दबाब दिइरहेको पनि आशंका व्यक्त गरे। सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो।

लामिछानेले सुन तस्करी प्रकरणको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे पनि संलग्न रहेको जिकिर गरे।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : ५२ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।