भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण « Khabarhub

भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न सबैलाई बधाई दिएका छन् ।

इसरोले चन्द्रमामा यान अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो ।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक चन्द्रमाको दक्षिणी ध्रुवमा पानीमा आधारित बरफको खोजी गर्नु रहेको इसरोले जनाएको छ ।

यसअघि अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरेका थिए । यद्यपि चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै मुलुकको यानले पनि अवतरण गरेका छैनन् ।

सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ४३ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा