न्युजिल्याण्डद्वारा चीनमाथि जासुसीको आरोप « Khabarhub

न्युजिल्याण्डद्वारा चीनमाथि जासुसीको आरोप


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन- न्युजिल्याण्डले चीनमाथि जासुसीको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार न्युजिल्याण्डको सुरक्षा गुप्तचर सेवाले चीनमाथि जासुसी र वाह्य हस्तक्षेपको आरोप लगाएको हो ।

उक्त गुप्तचर सेवाको प्रतिवेदनमा चीनले न्युजिल्याण्डमा बसोबास गर्दै आएका चिनियाँ नागरिकमाथि निगरानी गर्दै आएको समेत जनाइएको छ ।

अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलियासँगै न्युजिल्याण्ड ‘फाइभ आइज’ भनिने गुप्तचर गठबन्धनको सदस्यसमेत हो । यद्यपि चीनप्रति नरम नीति लिएको भन्दै पछिल्लो समय न्युजिल्याण्डको आलोचनासमेत हुँदै आएको थियो ।

आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनलाई चिढ्याउन नचाहेको अर्थमा न्युजिल्याण्डको नरमपनालाई लिने गरिएको थियो । सन् २०१९ मा न्यूजिल्याण्डको क्राइस्टचर्चमा रहेको एक मस्जिदमा भएको गोलीकाण्डपछि न्यूजिल्याण्डले उच्च सुरक्षा सतर्कता अपनाइरहेको बताइन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ३४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा