चालु आवको पहिलो महिनामा कामपाद्वारा ६५ करोड राजस्व असुल | Khabarhub Khabarhub

चालु आवको पहिलो महिनामा कामपाद्वारा ६५ करोड राजस्व असुल


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ ।

चालु आवका लागि कामपाले रु १० अर्ब ८१ करोडको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा रु २० करोडले बढी हो ।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी रु ३१ करोड घरबहाल करबाट असुल भएको काफ्लेको भनाइ छ । सम्पत्ति करमा रु १२ करोड असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा रु ३५ हजार मात्र असुल भएको छ । बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् । समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ । कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो ।

बहाल कर निर्देशिका जारी भएसँगै कर तिर्ने करिब ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ ।

कामपाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ । कामपाले आव २०७९/८० मा रु १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम आउँदा समग्र राजस्व गत आवमा घटेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ४५ बजे

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त