दिन पुगेपछि... | Khabarhub Khabarhub

दिन पुगेपछि…


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एउटा काग र परेवा एकदमै मिल्ने साथी थिए । उनीहरुबीच घनिष्ट मित्रता थियो । तर उनीहरुबीच उमेरको भने धेरै अन्तर थियो । परेवा ज्यादै बूढो थियो भने काग जवान थियो ।

उनीहरु एउटा रुखको हाँगामा गुँड लगाएर सँगै बस्ने गर्दथे । उमेरका कारण परेवा कतै जान नसक्ने भएकाले कागले नै उसलाई चारो खोजेर ल्याइदिने गथ्र्यो ।

एकदिनको कुरा हो, काग सदाझैं चारो खोज्न बाहिर गएका बेला यमराजका दूतहरु त्यही रुख मुनिको बाटो हुँदै कतै जाँदै थिए । उनीहरु त्यही बूढो परेवा बसेको रुखमुनि अडिएर माथितिर हेर्दै हाँसेर गए ।

यो क्रम पटक पटक चलिरह्यो । यमदूतहरुको यस्तो चाला देखेर बूढो परेवा निक्कै डरायो । ऊ बिस्तार झोक्राउँदै जान थाल्यो । परेवा विस्तार विस्तार निरस देखिँदै गएपछि कागले यसको कारण सोध्यो ।

परेवाले भन्यो– मित्र, अब मेरो मर्ने दिन नजिकै आएजस्तो छ । आजभोलि यमदूतहरु दिनहुँ म भएतिर हेर्दै, हाँस्तै हिँड्ने गर्छन् । सायद यिनीहरुले मलाई अब लैजान्छन् होला ।

कागले परेवालाई सान्त्वना दिँदै भन्यो– ‘मित्र म छउन्जेल तपाइँले डराउनु पर्दैन । तपाईलाई म सुरक्षित ठाउँमा लगेर राख्नेछु । यहाँबाट पाँच सय किलोमिटर टाढा एउटा पहाड छ, त्यहाँ एउटा ठूलो गुफा पनि छ, म तपाईँलाई आफ्नो पीठमा राखेर त्यही गुफामा लगेर लुकाउँछु भन्दै सान्त्वना दियो ।

त्यसपछि कागले परेवालाई आफ्नो पिठमा राखेर उक्त गुफामा पुर्‍यायाे र यमदूतहरु हाँस्नुको कारण बुझ्नका लागि यमलोकतिर लाग्यो । कागलाई यमराजको संदेशवाहकको रुपमा मनिने भएकाले उसलाई यस कुराको तथ्य पत्ता लगाउन त्यति गाह्रो थिएन ।

ऊ सिधै यमलोक गयो र यमराजसँग प्रश्न गर्‍याे– ‘यमराज ! तपाईका दूतहरुले मेरा मित्र परेवालाई हेर्दै हास्दै हिँड्ने गर्नुको कारण के होला ? किन उनीहरु सँधै हामी बस्ने रुखको तल गएर माथितिर हेर्दै हास्ने गरेका हुन् ?’

कागका कुरा पछि यमराजले आफ्ना दूतहरुलाई बोलाएर परेवालाई हेरेर हाँस्नुको कारण सोधे ।

यमदूतहरुले भने– ‘महाराज त्यो बूढो परेवा जहाँ थियो त्यहाँबाट पाँच सय कोस पर पहाडको गुफामा बस्ने एउटा बूढो स्यालले यतिखेर त्यसलाई मार्ने भनेर विधाताले लेखेका रहेछन् । परेवा र स्याल दुवै बूढा भएका कारण परेवा स्याल भएका ठाउँमा र स्याल परेवा भएका ठाउँमा जान सक्ने स्थिति छैन, यस्तो अवस्थामा विधाताले लेखेको कुरा कसरी पूरा होला भनेर हामी हाँसेका हौं  ।’

यमदूतका कुरा सुनेर काग जिल्ल पर्‍याे ! किन कि उसले भर्खरै आफ्नो मित्र परेवालाई त्यही गुफामा लुकाएर आएको थियो, जहाँ बूढो स्याल रहेको थियो ।

कागले मनमनै सोच्यो आखिर हुने कुरा टारेर नटर्ने रहेछ । जे हुने हो त्यो भएरै छाड्ने रहेछ । दिन पुगेपछि सबै तारतम आफैं मिल्ने रहेछ ! त्यसपछि उ आफ्नो पुरानै वासस्थानतर्फ फर्कियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ५८ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक