दिन पुगेपछि… « Khabarhub

दिन पुगेपछि…


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एउटा काग र परेवा एकदमै मिल्ने साथी थिए । उनीहरुबीच घनिष्ट मित्रता थियो । तर उनीहरुबीच उमेरको भने धेरै अन्तर थियो । परेवा ज्यादै बूढो थियो भने काग जवान थियो ।

उनीहरु एउटा रुखको हाँगामा गुँड लगाएर सँगै बस्ने गर्दथे । उमेरका कारण परेवा कतै जान नसक्ने भएकाले कागले नै उसलाई चारो खोजेर ल्याइदिने गथ्र्यो ।

एकदिनको कुरा हो, काग सदाझैं चारो खोज्न बाहिर गएका बेला यमराजका दूतहरु त्यही रुख मुनिको बाटो हुँदै कतै जाँदै थिए । उनीहरु त्यही बूढो परेवा बसेको रुखमुनि अडिएर माथितिर हेर्दै हाँसेर गए ।

यो क्रम पटक पटक चलिरह्यो । यमदूतहरुको यस्तो चाला देखेर बूढो परेवा निक्कै डरायो । ऊ बिस्तार झोक्राउँदै जान थाल्यो । परेवा विस्तार विस्तार निरस देखिँदै गएपछि कागले यसको कारण सोध्यो ।

परेवाले भन्यो– मित्र, अब मेरो मर्ने दिन नजिकै आएजस्तो छ । आजभोलि यमदूतहरु दिनहुँ म भएतिर हेर्दै, हाँस्तै हिँड्ने गर्छन् । सायद यिनीहरुले मलाई अब लैजान्छन् होला ।

कागले परेवालाई सान्त्वना दिँदै भन्यो– ‘मित्र म छउन्जेल तपाइँले डराउनु पर्दैन । तपाईलाई म सुरक्षित ठाउँमा लगेर राख्नेछु । यहाँबाट पाँच सय किलोमिटर टाढा एउटा पहाड छ, त्यहाँ एउटा ठूलो गुफा पनि छ, म तपाईँलाई आफ्नो पीठमा राखेर त्यही गुफामा लगेर लुकाउँछु भन्दै सान्त्वना दियो ।

त्यसपछि कागले परेवालाई आफ्नो पिठमा राखेर उक्त गुफामा पुर्‍यायाे र यमदूतहरु हाँस्नुको कारण बुझ्नका लागि यमलोकतिर लाग्यो । कागलाई यमराजको संदेशवाहकको रुपमा मनिने भएकाले उसलाई यस कुराको तथ्य पत्ता लगाउन त्यति गाह्रो थिएन ।

ऊ सिधै यमलोक गयो र यमराजसँग प्रश्न गर्‍याे– ‘यमराज ! तपाईका दूतहरुले मेरा मित्र परेवालाई हेर्दै हास्दै हिँड्ने गर्नुको कारण के होला ? किन उनीहरु सँधै हामी बस्ने रुखको तल गएर माथितिर हेर्दै हास्ने गरेका हुन् ?’

कागका कुरा पछि यमराजले आफ्ना दूतहरुलाई बोलाएर परेवालाई हेरेर हाँस्नुको कारण सोधे ।

यमदूतहरुले भने– ‘महाराज त्यो बूढो परेवा जहाँ थियो त्यहाँबाट पाँच सय कोस पर पहाडको गुफामा बस्ने एउटा बूढो स्यालले यतिखेर त्यसलाई मार्ने भनेर विधाताले लेखेका रहेछन् । परेवा र स्याल दुवै बूढा भएका कारण परेवा स्याल भएका ठाउँमा र स्याल परेवा भएका ठाउँमा जान सक्ने स्थिति छैन, यस्तो अवस्थामा विधाताले लेखेको कुरा कसरी पूरा होला भनेर हामी हाँसेका हौं  ।’

यमदूतका कुरा सुनेर काग जिल्ल पर्‍याे ! किन कि उसले भर्खरै आफ्नो मित्र परेवालाई त्यही गुफामा लुकाएर आएको थियो, जहाँ बूढो स्याल रहेको थियो ।

कागले मनमनै सोच्यो आखिर हुने कुरा टारेर नटर्ने रहेछ । जे हुने हो त्यो भएरै छाड्ने रहेछ । दिन पुगेपछि सबै तारतम आफैं मिल्ने रहेछ ! त्यसपछि उ आफ्नो पुरानै वासस्थानतर्फ फर्कियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ५८ बजे

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि