आज क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयन हुँदै « Khabarhub

आज क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयन हुँदै


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आज नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

हिजो नै साधारण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउने तयारी गरेको हो । जसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।

कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ बजे हुनेछ । यस्तै, उम्मेदवारको मनोनयन उपर उजुरी र छानविनका लागि बिहान ११ बजेर ४० मिनेटको समय तोकिएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेले बिहान ११ बजेर ५५ मिनेटभित्र फिर्ता लिइ सक्नुपर्ने छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । 

१७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ । १३ पदका लागि २० भन्दा बढी केन्द्रीय सदस्यका आंकक्षी रहेका छन् । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : १० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको