बुलन्द आवाजकी धनी गायिका सुशीला कंशाकार « Khabarhub

बुलन्द आवाजकी धनी गायिका सुशीला कंशाकार



गायिका सुशीला कंशाकार काठमाडौंको ताहचलस्थित छाउनी राष्ट्रिय म्युजियम अर्थात् राष्ट्रिय संग्राहलयको छेउमा बस्छिन्। सुशीला कंशाकार गायिकाहरूमा त्यो श्रेणीको गायिका हुन् जसको कुनै समय तारादेवीसँग समतुल्य चर्चा हुन्थ्यो। सुशीला कंशाकारले लाइभमा गाएका गीतहरू पछि तारादेवीले रेकर्ड गरेको इतिहास छ। उनले त्यो समयका दुई शक्तिशाली गायक प्रेमध्वज प्रधान र माणिकरत्नको सङ्गीतमा ‘सगरको छातीमा’ जस्ता गीत पनि गाएकीछिन्। जुन गीतमा उनी नेपालमा प्रथम भएर पुरस्कृत भएकी हुन्।

काठमाडौंको नेवारी परिवारमा जन्मिएकी कंशाकारलाई दार्जिलिङबाट आएका सङ्गीतकार गोपाल योञ्जनसमेत एकदमै मन पराएर गोपाल योञ्जनको सङ्गीतमा उनले धेरै गीत गाएकी छिन्। ‘उडिजाऊ भने मेरो प्वाँख छैन, मलाई मर्नु न बाँच्नु बनायो पिरतीले’ जस्ता गीत सुशीला कंशाकारको स्वरमा गोपाल योञ्जनको शब्द र सङ्गीतमा लोकप्रिय छन्।

गोपाल योञ्जनको शब्द र सङ्गीतमा कंशाकारले गाएका ती तीन गीतहरू ३० र ४० को दशकमा लोकप्रिय भए। ती गीत यति लोकप्रिय थिए कि रेडियो नेपालको हरेक फर्माइस गीत कार्यक्रममा गोपाल योञ्जनको गीत भन्ने बित्तिकै यी नै गीत चर्चामा हुन्थेँ।

यद्यपि गोपाल योञ्जनका नारायण गोपालसँगका गीत पनि चर्चित छन्। तर महिला गायिकामा सुशीला कंशाकारले गाएका गीतहरू अझै चर्चामा थिए।

एक हिसाबले भन्नु पर्दा सुशीला कंशाकारलाई गोपाल योञ्जनको सङ्गीतका ती गीतहरू फिट भएका थिए।
कंशाकारले गोपाल योञ्जन जस्तै उनका अग्रज अम्बर गुरुङको सङ्गीत, सुनिल देउजाको शब्दमा ‘आकाशको चोइटिएको बादलको टुक्रा हो’ पनि गायकी छन्।

त्यसैगरी नातिकाजीको सङ्गीतमा विश्व विमोहन श्रेष्ठ जो कवि, साहित्यिक पत्रकार, साहित्यिक चिन्तक हुन्। उनको शब्दमा पनि नातिकाजीको सङ्गीतमा सुशीला कंशाकारले गीत गाएकी छन्।

कंशाकारको गायकीको अर्को अनुभव इतिहास छ। नेवार भाषा कसरी बोलिन्छ वा नेवार संवाद के हो भनेर अन्तर्राष्ट्रिय स्तरमा परीक्षण गर्दा सुशीला कंशाकारले गाएको ‘हठाया च्यामटी मैचा..’ भन्ने उनकै गीत बच्ने गर्दछ। गीतलाई नेवारी संवादको परिचयको रूपमा अन्तर्राष्ट्रिय साउन्ड रेकर्डिङमा राखिएको छ।

अग्रज गायक भृगुराम श्रेष्ठले गाइसकेको यो गीत सुशीला कंशाकारले उनका एक दाजु माणिक दाइको सहयोगमा घरमा रेकर्ड गरेका थिए।

घरको सिम्पल रेकर्डिङमा गाएको यो गीत यति लोकप्रिय भयो। पछि युट्युब, सामाजिक सञ्जालमासुशीलाकंशाकार कै गीत भनेर निकै चर्चा भयो। जब कि यस गीतका मूल गायक भृगुराम श्रेष्ठ हुन्।

सुशीला कंशाकारले माणिक रत्नले गाएको ‘नआऊ जुन कोठामा रातिमा पनि’ माथिको पंत्तिमा अमिक गरेकी छिन्। तर पछि त्यो गीत रेकर्ड हुँदा तारादेवीले अमिक गरेकी छिन्।

सुशीला कंशाकारलाई गायनमा प्रेरित गर्ने उनका बुबा निलरत्न कंशाकार हुन्। सुशीला कंशाकार गायिकाको रूपमा सर्वाधिक चर्चित हुँदाहुँदै पेसागत रूपमा सडक विभागमा आवद्ध भइन। उनको इन्जिनियर सुरेश दरीसँग वैवाहिक जीवन सुरु भयो।

सुरेश दरीसँग वैवाहिक जीवन सुरु भएपछि उनी सामाजिक परिबन्धमा बाँधिन पुगिन। यसले उनको गायनमा सक्रियता देखिएन। तर उनले पछि गोपाल योञ्जनका शिष्य विनय लामाको सङ्गीतमा गोपाल योञ्जनको शब्दमा ‘अनुपातमा यो जीवन’ भन्ने गीत गाएकी छन्।

सुशीला कंशाकार सशक्त गायिका, बुलन्द आवाजकी धनी र नेपाली आधुनिक सङ्गीतमा प्रेम माणिक, नातिकाजी, अम्बर गुरुङ जस्ता सङ्गीतकारको सङ्गीतमा आफ्नो दमदार प्रस्तुति दिने गायिका मध्ये एक हुन्।

अहिले पनि उनी अन्तर्वार्तामा, कुराकानीहरूमा सङ्गीतको चर्चा गर्दा आफ्ना गीतप्रति गर्व गर्छिन्। उनी गर्व गर्न लायक गायिका नै हुन्। गायिका सुशीला कंशाकारको गायनको सक्रियता सफलताको सदैव कामना गर्दछौँ। उहाँ पुन गाउने कोसिसमा हुनुहुन्छ। हाम्रो शुभकामना छ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ४० बजे

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व