यू–१९ विश्वकपमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने | Khabarhub Khabarhub

यू–१९ विश्वकपमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत नेपालले पहिलो खेल आगामी जनवरी १३ मा न्युजिल्याण्डसँग खेल्ने भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको खेल तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले समूह चरणमा न्युजिल्यान्ड, पाकिस्तान, र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

आईसीसीका अनुसार प्रतियोगिता आगामी जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ ।

नेपालले आठौं पटक यू–१९ विश्वकप खेल्न लागेको हो । नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्न लागेको छ ।

नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरी सनसनी मच्चाएको थियो । नेपालले २००६ र २०१६ मा गरी न्युजिल्यान्डलाई दुई पटक पराजित गरिसकेको छ ।

खेल तालिकाअनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । 

नेपालले पाकिस्तानसँग जनवरी १७ र अफगानिस्तानसँग जनवरी २० मा खेल्ने छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ५३ बजे

मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदैछ :  मन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक संकट

सोमालियामा बाढीबाट १०० को मृत्यु

संयुक्त राष्ट्रसङ्घ– सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै

 गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !

काठमाडौं– ताप्लेजुङको मामाङ्खे गाउँमा २०३० सालमा जन्मिएका चर्चित हास्यकलाकार मनोज

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य