सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा « Khabarhub

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा पर्न थालेको छ ।

सशस्त्र प्रहरी गण पछाडि पट्टीको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायको ध्यान जान नसक्दा अतिक्रमणको चपेटामा पर्न थालेको हो ।

हालसम्म दुई बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ । सार्वजनिक जग्गामा रहेका साल, साज लगायतका रूखहरू अवैध रुपमा कटानी हुने क्रम बढ्दो रुपमा रहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक जग्गालाई उपयोगमा ल्याउनका लागि जनप्रतिनिधिले चासो देखाउनुपर्नेमा त्यो हुन नसक्दा स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन् । 

स्थानीय बासिन्दा तप्त ठकुल्लाले सार्वजनिक जग्गा संरक्षणमा हालसम्म कुनै पनि निकायले कार्य नगरेको बताए । केही वर्षअघि खेलकुद मैदान निर्माणका लागि कार्य अगाडि बढाइए पनि कार्य पूरा हुन नसकेको उनको भनाइ छ ।

पूर्वपश्चिम राजमार्ग नजिकै रहेको सार्वजनिक जग्गाको संरक्षण गरी नगरपालिकाले उपयोगका लागि अगाडि सर्नुपर्ने आवाज उठाउँदै आए पनि सुनवाइ हुन नसकेको उनको भनाइ छ ।

जग्गाको स्वामित्व नगरपालिकाले ग्रहण गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्नका लागि मन्त्रालयमा फायल बुझाएको वडाध्यक्ष चक्रबहादुर खड्काले बताए ।

त्यो सार्वजनिक जग्गामा मिनी स्टेडियम निर्माण गर्नका लागि प्रयासरत रहेका छौँ, उनले भने, ‘मन्त्रालयले  विस्तृत आयोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ल्याउने कार्यसँगै एक रूख बराबर १० बिरुवा रोप्ने पैसा जम्मा गर्न भनेकाले त्यसका लागि कार्य गरी रहेका छौँ ।’

वडाका जनप्रतिनिधिसँगै जग्गा संरक्षणका लागि सबैको हातेमालो हुन आवश्यक रहेको उनले बताए । ‘स्टेडियम निर्माण गर्न सके राष्ट्रियस्तरको मात्रै नभएर अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिन्छ’, उनले भने, ‘प्रदेश, सङ्घीय सांसद, मन्त्रीलाई पनि यसबारे अवगत गराइ सकेका छौँ, सकारात्मक जवाफ पाइएको छ ।’ स्टेडियम निर्माण भए अलपत्र परेको जग्गाको संरक्षण र उपयोग दुवै हुने उनको भनाइ छ । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ३३ बजे

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,