पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप « Khabarhub

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ देखि १५ वर्षभित्रका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समय थप गरिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले खोप लगाउने अभियान असोज १० गतेसम्मका लागि थप गरिएको जनाएको छ ।

लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले समय थपिएको खोप शाखाले जनाएको छ । १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ ।

यसअघि हिजोसम्मका लागि थप गरिएको समयमा शोक बिदा, तीज बिदा, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावित बनेको थियो ।

सरकारले गत भदौ २७ गतेदेखि कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा ‘एचपीभी खोप उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै