प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा, विदेशमन्त्रीबाट स्वागत | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा, विदेशमन्त्रीबाट स्वागत


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङ्जाउ पुगेका छन् ।

एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले भव्य स्वागत गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै हाङ्जाउ सहरमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङ्जाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङ्जाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ । 

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी लि छियाङ्सँग भेट गर्ने कार्यक्रम रहेको छ ।  

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : १४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले