तत्काल अर्को पार्टीसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल « Khabarhub

तत्काल अर्को पार्टीसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि बिचार मिल्नेहरुको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताए ।

आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृत्तिसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ नरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गरे ।

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरुले विद्रोह गर्नुपरेको पनि बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बाहिरिने कुरा पार्टीलाई सिध्याउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्क्याएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशायी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे ।

उनले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राखे ।

अध्यक्ष नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका विषयलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : १२ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा