स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : सञ्चारमन्त्री « Khabarhub

स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : सञ्चारमन्त्री


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ ।

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरुपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको बताइन् । 

उनले भनिन्, ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो भन्ने कुरालाई पत्रकारिता क्षेत्रबाट थप सशक्त र प्रभावकारी बनाउने र अगाडि बढाउने काममा यहाँहरुको पत्रकारिता अगाडि बढ्ने छ भन्नेमा विश्वस्त छु ।’ पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्दै पत्रकार आचारसंहिता पालनाका निम्ति काउन्सिलले पत्रकारलाई उत्प्रेरित गरेको उनको भनाइ छ । 

बद्लिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुनःसंरचना बारेमा छलफल चलिरहेको बताउँदै काउन्सिललाई पत्रकारिता क्षेत्रको नियमन र स्वनियमनमा बढी केन्द्रित गर्नुपर्ने सरकारका प्रवक्ता शर्माको भनाइ छ । ‘लोकतन्त्रमा मिडियामाथिको नियन्त्रण कल्पनाभन्दा बाहिरको कुरा हो, अब गर्ने भनेको स्वनियमनको ढाँचामा नियमन नै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासलाई अगाडि बढाउने गरी मिडिया काउन्सिल ऐन बन्नुपर्छ भन्ने आमसञ्चार क्षेत्रका विज्ञहरूको सुझाव रहेको छ’, उनले भनिन् । 

आम सञ्चार क्षेत्रको पुनःसरचनाका लागि सञ्चार क्षेत्रका विज्ञहरूको सुधार समिति गठन गरेर प्रतिवेदनसमेत प्राप्त गरिसकेको उनको भनाइ छ । उनको सबैको सल्लाह र सुझावका आधारमा सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिइन्। नेपाल पछिल्लो समयमा सबैभन्दा बढी विकास भएको क्षेत्र पत्रकारिता क्षेत्र भएको बताउँदै उनले समग्र पत्रकारिता क्षेत्रका चुनौतीका बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राखे । मन्त्रालयले साइबर सुरक्षा नीतिलगायत महत्वपूर्ण कानुनहरू पारित गरेको उनको भनाइ छ । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै पत्रकारिता क्षेत्रले सबै क्षेत्रलाई खबरदारी गर्नुपर्ने धारणा राखिन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई दुरुपयोग गर्नेभन्दा पनि जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिइन्। कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन र ‘संहिता’ सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : २४ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध