अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन « Khabarhub

अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नवलपरासी-  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको आज अनुगमन गरेका छन्  । पुल नहुँदा नारायणी नदीपारिका सुस्तावासीलाई आफ्नै भूमि आउजाउ गर्न निकै कठिन छ ।  अनुगमनपछि अध्यक्ष तिमल्सिनाले पुल निर्माण चाँडै सम्पन्न गर्न आफूले पहल गर्ने बताएका छन् । 

‘आफ्नै भूमि आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउन पुल निर्माण छिटो हुनुपर्छ’, अध्यक्ष तिमल्सिनाले भने, ‘यो पुल सुस्तावासी सपना हो ।’ विसं २०७५ मा आफू सुस्ता आउँदा पुल निर्माणको भौतिक प्रगति नभएको देखिएको बताउँदै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाँडै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । 

तत्कालीन समयमा पुलको योजना अघि बढाउन राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाको पनि भूमिका रहेको सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डेले बताए। 

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता थियो । एक हजार पाँच सय ७१ मिटर लम्बाइ र एक दशमलव ६ मिटर फराकिलो पुलको २९ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : ५० बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको