बेलायतमा चुरोटमाथि प्रतिबन्ध लगाउने तयारी « Khabarhub

बेलायतमा चुरोटमाथि प्रतिबन्ध लगाउने तयारी


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा चुरोट प्रतिबन्धित हुन सक्ने देखिएको छ । सरकारी स्रोतलाई उद्धृत गर्दै द गार्डियनले बेलायती प्रधानमन्त्री ऋषि सुनकले आगामी पुस्ताले चुरोट किन्न नसक्ने नियम लगाउने बारेमा विचार गरिरहेको बताएको छ ।

सुनकले गत वर्ष न्युजिल्यान्डमा पारित भएका कानूनहरू जस्तै धुम्रपान विरोधी उपायहरूका विचार गरिरहेको बताइएको छ, जसमा जनवरी १, २००९ मा जन्मेका जो कोहीलाई पनि सुर्ती बेच्न प्रतिबन्ध लगाइने छ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आगामी पुस्तालाई चुरोट किन्नबाट रोक्ने उपायहरू प्रस्तुत गर्ने विचार गर्दै छन्, गार्जियनले सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

बेलायती सरकारका प्रवक्ताले रोयटर्सलाई इमेलको जवाफमा भने, ‘हामी धेरै मानिसहरूलाई धुम्रपान छोड्न र २०३० सम्म धुम्रपान मुक्त हुने हाम्रो महत्वाकांक्षा पूरा गर्न प्रोत्साहित गर्न चाहन्छौं, त्यसैले हामीले यसलाई कम गर्नका लागि धुम्रपानकाे दर घटाएका छौं ।’

उनले थपे कि, ती उपायहरूमा निः शुल्क नमुना भ्याप किट बितरण, गर्भवती महिलाहरूलाई चुरोट छोड्न प्रोत्साहित गर्ने भौचर योजना र अनिवार्य सिगरेट प्याक सम्मिलित गर्नका लागि परामर्शका योजना समावेश छ।

समाचारमा भनिएको छ, विवादित नीतिहरू अर्को वर्ष सम्भावित चुनाव अघि नै सुनकको टोलीबाट यो नयाँ उपभोक्ता अभियानको घोषणा गर्नेछन् । बेलायतले गत मे महिनामा खुद्रा बिक्रेताहरूले बालबालिकालाई भेप दिन प्रतिबन्ध लगाएको थियो ।

गत जुलाईमा इङ्गल्याण्डवेल्सका छुट्टाछुट्टै काउन्सिलहरूले पनि सरकारलाई वातावरणीय र स्वास्थ्य दुवै आधारमा २०२४ सम्ममा भेप बिक्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ४७ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह