राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बीपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बीपी कोइरालाको सालिक अनावरण गरे। सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो । 

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ । 

सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले आजै भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् । 

स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताए । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बताए । भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उहाँ सदैव लागिरहनुभएको बताए ।

उनले भने, ‘उनको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उहाँ विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भनेका थिए । आज राष्ट्रपतिका रुपमा उहाँको भ्रमणले हामीलाई उत्साह थपेको छ ।’

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ५३ बजे

गगन थापाको प्रश्न : कांग्रेस सरकारमा भएको बेला यति धेरै काण्ड किन ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सुशासनको वाचा मात्रै

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउनै सकस

तनहुँ- तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐनसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई मंसिर २९ गते

काठमाडौं – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई मंसिर २९ गते

कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो

काठमाडौं – एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको