राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन « Khabarhub

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बीपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बीपी कोइरालाको सालिक अनावरण गरे। सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो । 

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ । 

सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले आजै भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् । 

स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताए । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बताए । भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उहाँ सदैव लागिरहनुभएको बताए ।

उनले भने, ‘उनको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उहाँ विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भनेका थिए । आज राष्ट्रपतिका रुपमा उहाँको भ्रमणले हामीलाई उत्साह थपेको छ ।’

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ५३ बजे

काठमाडौं-३ मा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत

भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना सुरु हुने

भक्तपुर – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक