प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आजै १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यसपछि उनी बेइजिङ जाने कार्यक्रम छ। साताव्यापी भ्रमणका क्रममा चीन पुगेका प्रधानमन्त्री प्रचण्डलाई हान्जाउमा भव्य स्वागत गरिएको थियो। अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर उनी आजै चीन पुगेका हुन्।

हान्जाउ विमानस्थलमा चीनका खेलकुद सामान्य प्रशासनमन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले प्रचण्डलाई स्वागत गरेका थिए।

चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

त्यस्तै उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : १५ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब