तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु | Khabarhub Khabarhub

तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

शनिबार दिउँसो साढे २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरास्थित भगवती टोल बस्ने करिब ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा करिब ४२/४३ वर्षीया रिता हमालको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हमालले आफ्नै घरबाट धारिलो हतियार खुकुरीले रितालाई घाटीमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय बीर बहादुर हमाल र ६५ वर्षीया कमला कुमारी हमाल घाइते भएका छन्  । 

उनीहरूको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको  प्रहरीले जनाएको छ  । प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : ३५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’