जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव « Khabarhub

जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् । संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिबिम्बित गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए ।

कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानून बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनको भनाइ छ । उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारामात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरे ।

विप्लवले नेपाल र जनतामाथि देखिएको चुनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : ४५ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया