अर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधिमण्डल येरेभानमा « Khabarhub

अर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधिमण्डल येरेभानमा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

येरेभान- अजरबैजानले विवादित नागोर्नो–काराबाखमा आफ्नो नियन्त्रण कायम भएको दाबी गरेपछि अमेरिकी संसद्को प्रतिनिधिमण्डल अर्मेनियाको राजधानी येरेभान आइपुगेको छ ।

येरेभानस्थित अमेरिकी दूतावासका अनुसार सांसदहरूको समूहले प्रधानमन्त्री निकोल पाशिन्यान र केही अन्य अधिकारीहरूसँग अमेरिका–अर्मेनिया सम्बन्ध र नागोर्नो–काराबाखमा अजरबैजानले हालै गरेको सैन्य कारबाहीको प्रभावबारे छलफल गर्नेछ ।

प्रधानमन्त्री पशिन्यानसविरुद्धको विरोध प्रदर्शन बढिरहेका बेला भएको अमेरिकी नेताहरूको यो भ्रमणलाई अजरबैजानले सन्देहपूर्ण ढङ्गले नियाली रहेको छ । तीन वर्षअघि अजरबैजानले पहिलो पटक नागोर्नो–काराबाखको ठूलो भूभाग कब्जा गर्दा अर्मेनियाको नेतृत्व पशिन्यानले गरेका थिए । संसद्को आगामी अधिवेशनमा पाशिन्यानविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ ।

अजरबैजानका सैनिक नागोर्नो–काराबाखको पृथकतावादी किल्ला स्टेपानाकर्टको नजिक डेरा जमाएर बसेपछि त्यहाँका भयभीत बासिन्दा आफ्नो घरको सबैभन्दा तल्लो भाग (जमिनमुनि) लुक्न बाध्य भएका विद्रोही समूहका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका थिए । त्यहाँ दुई सय जनाभन्दा बढी मारिएका दाबी उनले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : १५ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव