फुटबल प्रतियोगिता : सुदूरपश्चि–११ र सुर्मादेवी च्याम्पियन « Khabarhub

फुटबल प्रतियोगिता : सुदूरपश्चि–११ र सुर्मादेवी च्याम्पियन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको कैलारीमा भएको निसर्ग हस्पिटल फुटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जितेको छ । महिलातर्फको उपाधि सुर्मादेवी युवा क्लब कैलालीले हात पारेको छ । 

‘अटवारी’ पर्व र हरितालिका तीजको उपलक्ष्यमा न्यू युवा सुन्दर शक्ति युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा सिआउर सेभेन फुटबल क्लबलाई ०–१ गोलले हराउँदै सुदूरपश्चिम–११ ले उपाधि जितेको हो ।

सुदूरपश्चिम–११ का लागि भरत टमाटाले गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै विजेतालाई रु एक लाखसहित ट्रफी पुरस्कार प्रदान गरिएको छ । उपविजेता सिआउर सेभेनले रु ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । 

पुरुषतर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी घोषित भए । सुदूरपश्चिम–११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सोही टिमकै आकाश बुढा उत्कृष्ट गोलरक्षक घोषित भए । महिलातर्फको फाइनल प्रतिस्पर्धामा सुर्मादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाइब्रेकरमा किनारा लगाउँदै उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुनमगरले गोल गरेकी थिइन् । टाइब्रेकरमा सुर्मादेवीले पटेलालाई ३–१ गोलले हराउँदै उपाधि जित्यो ।

सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गरिन् । विर्सना चौधरी र धना बोहोराले गरेको प्रहार गोलमा परिणत हुन सकेन । पटेलाका लागि कमला विष्टको प्रहारमात्रै गोलमा परिणत हुनसक्यो । ममता पुनमगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सकिनन् ।

महिलातर्फको विजेता भएसँगै सुर्मादेवीले रु २५ हजारसहित ट्रफी पाउँदा उपविजेता पटेलाले रु १५ हजारसहित ट्रफी पाएको छ । सुर्मादेवीकी विर्सना चौधरी सर्वोकृष्ट खेलाडी, गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुनमगर सर्वाधिक गोलकर्ता बनिन् । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई आज एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : २२ बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य