फुटबल प्रतियोगिता : सुदूरपश्चि–११ र सुर्मादेवी च्याम्पियन | Khabarhub Khabarhub

फुटबल प्रतियोगिता : सुदूरपश्चि–११ र सुर्मादेवी च्याम्पियन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको कैलारीमा भएको निसर्ग हस्पिटल फुटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जितेको छ । महिलातर्फको उपाधि सुर्मादेवी युवा क्लब कैलालीले हात पारेको छ । 

‘अटवारी’ पर्व र हरितालिका तीजको उपलक्ष्यमा न्यू युवा सुन्दर शक्ति युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा सिआउर सेभेन फुटबल क्लबलाई ०–१ गोलले हराउँदै सुदूरपश्चिम–११ ले उपाधि जितेको हो ।

सुदूरपश्चिम–११ का लागि भरत टमाटाले गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै विजेतालाई रु एक लाखसहित ट्रफी पुरस्कार प्रदान गरिएको छ । उपविजेता सिआउर सेभेनले रु ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । 

पुरुषतर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी घोषित भए । सुदूरपश्चिम–११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सोही टिमकै आकाश बुढा उत्कृष्ट गोलरक्षक घोषित भए । महिलातर्फको फाइनल प्रतिस्पर्धामा सुर्मादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाइब्रेकरमा किनारा लगाउँदै उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुनमगरले गोल गरेकी थिइन् । टाइब्रेकरमा सुर्मादेवीले पटेलालाई ३–१ गोलले हराउँदै उपाधि जित्यो ।

सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गरिन् । विर्सना चौधरी र धना बोहोराले गरेको प्रहार गोलमा परिणत हुन सकेन । पटेलाका लागि कमला विष्टको प्रहारमात्रै गोलमा परिणत हुनसक्यो । ममता पुनमगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सकिनन् ।

महिलातर्फको विजेता भएसँगै सुर्मादेवीले रु २५ हजारसहित ट्रफी पाउँदा उपविजेता पटेलाले रु १५ हजारसहित ट्रफी पाएको छ । सुर्मादेवीकी विर्सना चौधरी सर्वोकृष्ट खेलाडी, गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुनमगर सर्वाधिक गोलकर्ता बनिन् । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई आज एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : २२ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो