चीनमा १९ औँ एसियाली खेलकुदको भव्य उद्घाटन | Khabarhub Khabarhub

चीनमा १९ औँ एसियाली खेलकुदको भव्य उद्घाटन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

हाङजाउ – १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन गरेका हुन् ।

कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ ।

कोभिड– १९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ । एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।

चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङमा तथा क्वाङ्चौमा एसियाली खेलकुद आयोजना भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ४६ बजे

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं – विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास

नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय ७५ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर