आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताको आह्वान « Khabarhub

आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताको आह्वान


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको प्रशासनमा रहेको कश्मीरमा पाकिस्तानविरोधी प्रदर्शन तीव्र बन्दै गएको छ । उच्च मूल्यवृद्धि, खाद्यान्नको अभाव र करको उच्च दरका कारण जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा पाकिस्तान प्रशासित कश्मीरमा विरोध प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताले आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आह्वानसमेत गरेका छन् ।

पाकिस्तान प्रशासित कश्मीरका अभियन्ता शबिर चौधरीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्नो क्षेत्रमा लोडसेडिङ, खाद्यान्नको अभाव, असुरक्षा र करको उच्च दरका कारण आफूहरु पीडित भएको भन्दै पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष आह्वान गरेका हुन् ।

पाकिस्तानले कश्मीरमा रहेको प्राकृतिक स्रोतको दोहन गरिरहेको र भ्रष्टाचार एवम् खराब नीतिका कारण सो क्षेत्रमा जीवनस्तर खस्किँदै गएको बताइन्छ ।

पाकिस्तानमा पछिल्लो तीन महिनामा विद्युतको भाउ दोब्बर भएको छ भने पिठो, चामललगायतका अन्य अत्यावश्यक वस्तुको मूल्य पनि अकाशिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : २३ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर