ध्यान विज्ञानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

ध्यान विज्ञानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजना गरिएको एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन गर्दै उनले ध्यान र योगाभ्यासले मानिसमा तनाब कम गराउन मद्दत गर्ने बताए ।

कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनेप्रति आभार प्रकट गर्दै उनले भने, “ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रक्रियाअनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।”

उनले गृह मन्त्रालयले अब मातहतका निकायमा योगाभ्यास तथा ध्यान अनिवार्य गराउने पनि बताए । उनले कार्यालय सुरु भएपछि बिहान १५ मिनेट योग, ध्यान गराउने पनि बताए । यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको उद्घाटन गरेका थिए । बिहान ७ः३० देखि सुरु भएको कार्यशाला साँझमात्रै सकिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनका साथ गर्न सक्यौँ भने हामीले गर्ने प्रत्येक कार्यहरूमा खुसी प्राप्त हुने बताएका थिए ।

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ३२ बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले