निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण « Khabarhub

निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् ।

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए।

मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । आँखा शिविरमा छ सय १७ जना महिला र पाँच सय छ जना पुरुषले सेवा लिएको न्यौपानले बताए ।

उनका अनुसार मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने ३३ जनालाई र अन्य जटिल खालका समस्या भएका ५५ जना आँखाका बिरामीलाई स्याङ्जा जिल्ला आँखा अस्पताल वालिङमा रिफर गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराको विशेष सहयोगमा वालिङमा सञ्चालित जिल्ला आँखा अस्पतालमा आँखाका बिरामीको उपचार हुँदै आएको छ ।

आँखा शिविरमा कालीगण्डकी गाउँपालिकासहित गल्याङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, पाल्पाको वग्नाशकाली र रम्भा गाउँपालिकाका बिरामी सेवा लिन आएको न्यौपानेले बताए । उनले एक हजार एक सयलाई औषधि र पाँच सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको बताए ।

स्थानीय अनिष न्यौपानेले कालीगण्डकी गाउँपालिकामा आँखा अस्पताल नहुँदा धेरैले आँखाको रोग पाल्नुपरेको बताए । उनले गाउँपालिकामा अत्याधुनिक मेसिन र प्रविधिसहितको आँखा शिविर हुँदा विपन्न परिवार र वृद्धवृद्धा सबैभन्दा धेरै लाभान्वित भएको दाबी गरे ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले हिमालयन आँखा अस्पताल पोखराको समन्वनमा दसैँतिहार पछाडि आँखा विभाग सञ्चालन गर्ने बताए । उनका अनुसार पालिकाले सञ्चालन गरेको कालीगण्डकी अस्पतालमा रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ओपिडी, इमर्जेन्सी, फार्मेसी, सामान्य शल्यक्रियालगायतका सेवा छन् । उनले हाल सम्पन्न भएको शिविरका लागि आर्थिक र प्राविधिक सहयोग गरेको बताए। अध्यक्ष थापाले दसैँ र तिहारको बीचमा बृहत् आँखा शिविर सञ्चालन गरेर बाँकी रहेका आँखाका बिरामीको शल्यक्रियासहित उपचार गर्ने योजना रहेको जानकारी दिए ।

यहाँका स्थानीय जटिल खालका समस्या आँखामा आए पाल्पा, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा उपचारका लागि जाने गर्दछन् । गाउँमा आँखा अस्पताल नहुँदा ठूलो मात्रामा यहाँ नागरिकले आर्थिक तथा शारीरिक समस्या भोग्नुपरेको अध्यक्ष थापाको भनाइ छ । कालीगण्डकी अस्पतालमा आँखा विभाग सञ्चालनमा ल्याएपछि भने धेरैलाई सहज हुने उनको विश्वास छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ३३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा