निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण | Khabarhub Khabarhub

निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् ।

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए।

मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । आँखा शिविरमा छ सय १७ जना महिला र पाँच सय छ जना पुरुषले सेवा लिएको न्यौपानले बताए ।

उनका अनुसार मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने ३३ जनालाई र अन्य जटिल खालका समस्या भएका ५५ जना आँखाका बिरामीलाई स्याङ्जा जिल्ला आँखा अस्पताल वालिङमा रिफर गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराको विशेष सहयोगमा वालिङमा सञ्चालित जिल्ला आँखा अस्पतालमा आँखाका बिरामीको उपचार हुँदै आएको छ ।

आँखा शिविरमा कालीगण्डकी गाउँपालिकासहित गल्याङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, पाल्पाको वग्नाशकाली र रम्भा गाउँपालिकाका बिरामी सेवा लिन आएको न्यौपानेले बताए । उनले एक हजार एक सयलाई औषधि र पाँच सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको बताए ।

स्थानीय अनिष न्यौपानेले कालीगण्डकी गाउँपालिकामा आँखा अस्पताल नहुँदा धेरैले आँखाको रोग पाल्नुपरेको बताए । उनले गाउँपालिकामा अत्याधुनिक मेसिन र प्रविधिसहितको आँखा शिविर हुँदा विपन्न परिवार र वृद्धवृद्धा सबैभन्दा धेरै लाभान्वित भएको दाबी गरे ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले हिमालयन आँखा अस्पताल पोखराको समन्वनमा दसैँतिहार पछाडि आँखा विभाग सञ्चालन गर्ने बताए । उनका अनुसार पालिकाले सञ्चालन गरेको कालीगण्डकी अस्पतालमा रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ओपिडी, इमर्जेन्सी, फार्मेसी, सामान्य शल्यक्रियालगायतका सेवा छन् । उनले हाल सम्पन्न भएको शिविरका लागि आर्थिक र प्राविधिक सहयोग गरेको बताए। अध्यक्ष थापाले दसैँ र तिहारको बीचमा बृहत् आँखा शिविर सञ्चालन गरेर बाँकी रहेका आँखाका बिरामीको शल्यक्रियासहित उपचार गर्ने योजना रहेको जानकारी दिए ।

यहाँका स्थानीय जटिल खालका समस्या आँखामा आए पाल्पा, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा उपचारका लागि जाने गर्दछन् । गाउँमा आँखा अस्पताल नहुँदा ठूलो मात्रामा यहाँ नागरिकले आर्थिक तथा शारीरिक समस्या भोग्नुपरेको अध्यक्ष थापाको भनाइ छ । कालीगण्डकी अस्पतालमा आँखा विभाग सञ्चालनमा ल्याएपछि भने धेरैलाई सहज हुने उनको विश्वास छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ३३ बजे

माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य

काठमाडौं– पछिल्लो १० घण्टामा क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य झण्डै २ हजार

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि