मुस्ताङबाट २३ करोड बराबरको च्याङ्ग्रा निकासी | Khabarhub Khabarhub

मुस्ताङबाट २३ करोड बराबरको च्याङ्ग्रा निकासी


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ । 

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि पाँच हजार ७५५  च्याङ्ग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड दुई लाख मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्ग्रा खरीद गर्नका लागि व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष ५ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरूको अनुभव छ । दसैँ तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङ्ग्रा फार्म छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घरघरमा च्याङ्ग्रा पालेका छन् । हिउँचितुवा, ब्वाँसो र जंगली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको मूल्य २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनिँया कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङमा च्याङ्ग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाँले बताए । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : २६ बजे

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३

कर्णाली सरकारले गर्‍यो तीन महत्वपूर्ण निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति