मुस्ताङबाट २३ करोड बराबरको च्याङ्ग्रा निकासी « Khabarhub

मुस्ताङबाट २३ करोड बराबरको च्याङ्ग्रा निकासी


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ । 

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि पाँच हजार ७५५  च्याङ्ग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड दुई लाख मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्ग्रा खरीद गर्नका लागि व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष ५ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरूको अनुभव छ । दसैँ तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङ्ग्रा फार्म छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घरघरमा च्याङ्ग्रा पालेका छन् । हिउँचितुवा, ब्वाँसो र जंगली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको मूल्य २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनिँया कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङमा च्याङ्ग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाँले बताए । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : २६ बजे

गगनले भने : आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

कास्की– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’

बैतडी बस दुर्घटनाका घाइतेको उपचारका लागि सरकारसँग कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका