अन्तर्राष्ट्रिय

पशु चिकित्सकमा बढ्दो निराशा

By मनोज घिमिरे

October 23, 2023

पशु चिकित्सकहरूमा आत्महत्याको क्रम बढ्दो छ । ३६ वर्षीया पशु चिकित्सक आन्द्रे केला ह्युबेकको एक तबेलामा पुगेकी थिइन् । त्यहाँ उनले एक महिने बच्चालाई हेर्नका लागि त्यहाँ जाने गरेकी थिइन् । तीन दिनपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु क्यानडामा चर्चाको विषय मात्र बनेन । त्यहाँ अहिले मानसिक स्वास्थ्य बहसको विषय बनेको छ ।

केलको मृत्यु रहस्यात्मक मात्र थिएन, क्यानडामा मानसिक स्वास्थ्यको चिन्ताजनक अवस्थाका बारे चर्चा भएको थियो । यसअघि सन् २०२१ मा ३३ वर्षीय अस्ट्रेलियन सोफिया पुटल्यान्डले पनि आत्महत्या गरेर जीवन त्यागेकी थिइन् ।

२७ वर्षीय फ्लायन हाभ्रेगासले पनि सन् २०१८ मा देह त्याग गरेकी थिइन् । सन् २०१४ मा न्यूयोर्कको बोन्क्समा पशु चिकित्सक सेर्ली क्रोसीको ज्यान गएको थियो । उनलाई एक कुकुर मालिकले गरेको दुर्व्यवहारका कारण आत्महत्या गरेको जनाइएको छ । ४८ वर्षीया सोफिया यालले आफ्नो जीवन आफैले त्यागेकी थिइन् ।

सन् २०१९ मा अमेरिकाको सीडीसी नेसनल हेल्थ सेन्टर फरक हेल्थ स्ट्याटस सन् १९७९ देखि २०१५ कोबिचमा चार सय जना पशु चिकित्सकले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्ने सम्भावना पुरुष पशु चिकित्सकको अन्यको भन्दा दुई गुणा बढी छ भने महिला पशु चिकित्सकले चार गुणा आत्महत्याको सम्भावना बढी हुन्छ ।

छाउराको खाद्य पदार्थको ब्रान्ड रोयल कानीनको सहयोगमा भएको अध्ययन अनुसार ७० प्रतिशतमा आफ्नै टिममा साथी तथा पशुहरूकै व्यवहार आत्महत्याको कारण भएको थियो ।

कामसँग सम्बन्धित तनावको कारण ६० प्रतिशतमा आत्महत्याको जोखिम देखिएको थियो ।

धेरै अध्ययनले देखाए अनुसार आर्थिक कारण एउटा मुख्य कारण बनेको छ । साथमा लामो समयको कामको दबाबका कारण मनमा आउने निराशा र एक्लो पन अर्को प्रमुख कारण बनेको छ । पशुका मालिकको व्यवहार आत्महत्याको अर्को प्रमुख कारण बनेको छ ।

यसको मतलब सबै कुरा निराशा जनक छ भन्ने चाही पक्कै होइन । यी अध्ययनपछि धेरैले अहिले आफ्ना कर्मचारीलाई गर्ने व्यवहारमा परिवर्तन गरेका छन् ।

यी अध्ययनले देखाए अनुसार आत्महत्याको सम्भावना अलिअघि नै देखिए पनि यसको बारे समयमै सावधानी नअपनाएका कारण समस्या उत्पन्न भएका छन् ।

एमेली भोल्क न्यु जर्सी एउटा क्लिनिकमा रात भरी काम गर्ने गरेकी छन् । उनले एकदमै चिन्ताजनक अवस्थामा रहेका पशुहरूको हेरविचार गरेर ज्यान जोगाएकी छिन् । लामो समयदेखि उनका लागि यो एउटा दिनचर्या नै बनेको छ ।

उनको अनुभवको अहिलेको यो गम्भीर समस्या साहुहरूको व्यक्तिगत व्यवहार र आर्थिक अवस्थाका कारण धेरै समस्या आएका छन् ।

सन् २०२२ मा पशु पालकले ३६ अर्ब अमेरिकी डलर आफ्नो पशुको स्वास्थ्यका लागि खर्च गरेका छन् ।

अमेरिकाको अहिले पशु स्वास्थ्यको मूल्य बढेको छ । त्यहाँको मुद्रास्फीति बढेको छ । भल्कको गुनासो अर्कै छ । उनीहरूले पालको पशुको ज्यान जोगाउन आवश्यक कुराको जानकारी दिँदा पनि चिकित्सकको नियतमाथि नै शङ्का गर्ने गरिन्छ । यसैले उनीहरूलाई चिन्ता जागेको छ । एक किसिमको निराशा जागेको छ ।

अहिले धेरै निकाय पशु चिकित्सकको स्वास्थ्य अवस्थाको योजना नै बनाउने तयारी भएको छ। इमर्जेन्सीकाका गर्ने जेस फेलिसियानाको अर्को अनुभव छ । उनको बिचारमा पशु पालकहरूले पैसाको कुरामा मात्र धेरै चासो दिएका कारण यी सबै समस्या आएका हुन् । उनको विचारमा पनि पशु पालकको चासो कम पैसा खर्च गर्ने तथा चिकित्सकको चासो कुनै पनि हालतमा ज्यान जोगाउने हुने गरेको छ । यसले उनलाई एकदमै आक्रोशित तुल्याएको छ ।

नट वान मोर भेटका सल्लाहकार तथा पशु चिकित्सकका मानसिक स्वास्थ्यका काउन्सीलर टेलर मिलर पशु मालिक र चिकित्सकको बिचमा हुने गरेको पैसाको बहस नै अहिलेको सबैभन्दा ठुलो समस्या हो । उनको पनि आर्थिक कन्जुस्याइँका कारण पशुको स्वास्थ्यमा गरिएको हेल चेक्र्याइ चिन्ताको विषय छ । धेरै पशुको ज्यान जोगाउन त चिकित्सक आफैले पैसा खर्च गर्ने गरेका छन् ।

सन् २०२२ मा अमेरिकामा पशु चिकित्सकको औसत वार्षिक तलब एक लाख अमेरिकी डलर भन्दा अलिकति मात्र थियो । भेटेरिनरी मेडिकल एसोसिएसनले जानकारी गराए अनुसार अझ धेरै पशु चिकित्सकको अध्ययनको ऋण नै बाँकी छ ।

भोल्कको पनि यस बारेमा दुखद अनुभव छ । उनले सन् २०१२ मा अध्ययन गरीसके पछिको मूल्य तिर्न अर्को एक दशक लागेको थियो । उनकै विचारमा यो गणित मात्र निराशाको कारण भने पक्कै होइन ।

पेसामा लागिसकेपछि उनीहरूको पशुहरूसँग आत्मीयता जोडिएको हुन्छ । सो भावनात्मक पक्षलाई पशु मालिकले बुझ्ने नगरेको भल्कको अनुभव छ । यसै कारण यो विकराल समस्या बढ्दै गएको उनी बताउँछिन् ।

अहिले करको दायरा पनि बढी रहेको छ । यसै कारण भेटेरिनरीको काम छाड्नेको सङ्ख्या पनि त्यत्तिकै बढेको छ । त्यो उनी उनीहरूका लागि सबै भन्दा बढी चिन्ता र चासोको विषय पनि हो। १० घण्टाको एक सिफ्टमा एक चिकित्सकले २० भन्दा बढी मेसहरू हेर्न परेको गुनासो उनको छ ।

पशु चिकित्सकको मानसिक स्वास्थ्यका बारे यो समस्या अमेरिका र क्यानडा मात्र होइन केसहरू युरोपमा पनि छन् । यसले सायद त्यहाँ अझ विकराल समस्या नल्याउला भन्न सकिन्न। स्रोतः बीबीसी