कविता : छोरो फर्केन « Khabarhub

कविता : छोरो फर्केन


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

छोरो फर्केन

एउटा थोत्रो बोरा काँधमा भिरेर
बेसाहाको धुनमा हिँडेको मेरो छोरो
आफ्नै छोराछोरीको
रित्तो पेट र कलेटी परेको ओठ हेर्न फर्केन

प्रेयसीका आवश्यकता र चाहना
पूरा गर्न विदेशीएको मेरो छोरो
छियाछिया भएको उसको मुटु
र अश्रुपूर्ण प्यासी नयन हेर्न फर्केन

डोलीमा अन्मिएर टाढा टाढा पुगेकी
छोरी चेली जस्तै मेरो छोरो
वृद्ध आमा बाबुको चाहुरिएको अनुहार
र बढ्दो धड्कन हेर्न फर्केन

असार साउनेको भेलमा खेतबारीमा
बालीनालीको विस्कुन फिँजाए गएको मेरो छोरो
धानको बाला लहलह झुल्दा पनि
उसको स्वागत हेर्न फर्केन

नयाँ वर्षको थालनीसँगै
साउने संक्रान्ति आउँदा रमाउने मेरो छोरो
यसपालिको दसैँमा रातो टीकाको पहिरनमा
रोटे पिङ खेल्न फर्केन ।।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ५३ बजे

इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला

काठमाडौं- इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानमा रहेको एउटा इटालियन सैन्य

फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ

तेहरान- इरानी संसदका सभामुख मोहम्मद बगेर कलिबाफले फारसको खाडीमा आक्रमणकारीको

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको