कविता : छोरो फर्केन « Khabarhub

कविता : छोरो फर्केन


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

छोरो फर्केन

एउटा थोत्रो बोरा काँधमा भिरेर
बेसाहाको धुनमा हिँडेको मेरो छोरो
आफ्नै छोराछोरीको
रित्तो पेट र कलेटी परेको ओठ हेर्न फर्केन

प्रेयसीका आवश्यकता र चाहना
पूरा गर्न विदेशीएको मेरो छोरो
छियाछिया भएको उसको मुटु
र अश्रुपूर्ण प्यासी नयन हेर्न फर्केन

डोलीमा अन्मिएर टाढा टाढा पुगेकी
छोरी चेली जस्तै मेरो छोरो
वृद्ध आमा बाबुको चाहुरिएको अनुहार
र बढ्दो धड्कन हेर्न फर्केन

असार साउनेको भेलमा खेतबारीमा
बालीनालीको विस्कुन फिँजाए गएको मेरो छोरो
धानको बाला लहलह झुल्दा पनि
उसको स्वागत हेर्न फर्केन

नयाँ वर्षको थालनीसँगै
साउने संक्रान्ति आउँदा रमाउने मेरो छोरो
यसपालिको दसैँमा रातो टीकाको पहिरनमा
रोटे पिङ खेल्न फर्केन ।।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ५३ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ