छोरो फर्केन
एउटा थोत्रो बोरा काँधमा भिरेर बेसाहाको धुनमा हिँडेको मेरो छोरो आफ्नै छोराछोरीको रित्तो पेट र कलेटी परेको ओठ हेर्न फर्केन
प्रेयसीका आवश्यकता र चाहना पूरा गर्न विदेशीएको मेरो छोरो छियाछिया भएको उसको मुटु र अश्रुपूर्ण प्यासी नयन हेर्न फर्केन
डोलीमा अन्मिएर टाढा टाढा पुगेकी छोरी चेली जस्तै मेरो छोरो वृद्ध आमा बाबुको चाहुरिएको अनुहार र बढ्दो धड्कन हेर्न फर्केन
असार साउनेको भेलमा खेतबारीमा बालीनालीको विस्कुन फिँजाए गएको मेरो छोरो धानको बाला लहलह झुल्दा पनि उसको स्वागत हेर्न फर्केन
नयाँ वर्षको थालनीसँगै साउने संक्रान्ति आउँदा रमाउने मेरो छोरो यसपालिको दसैँमा रातो टीकाको पहिरनमा रोटे पिङ खेल्न फर्केन ।।