ताप्लेजुङको सुकेटारमा ‘सिसी क्यामेरा’ जडान  « Khabarhub

ताप्लेजुङको सुकेटारमा ‘सिसी क्यामेरा’ जडान 


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ-  ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ ।

सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच  सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए । 

उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहरमैला विसर्जन गर्न ३०  डस्टबिन (फोहर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  १० : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको