गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा « Khabarhub

गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । 

उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा  दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन । यस वर्ष पर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मूल्य बढ्न थालेकाले ट्रेडरहरुले गहुँ सञ्चिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो । विगत ३ महिना देखि गहुँ आयात हुन थालेको र अहिले सम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भइसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रिय सचिव विकास बेगवानीले जानकारी दिए ।

गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैयाँ प्रति किलोमा स्थिर रहेको छ । गत वर्ष यसै समयमा गहुँको मूल्य ६४ रुपैयाँ प्रति किलो सम्म पुगेको थियो । गहुँको सञ्चिती गर्ने प्रवृत्ति बढेपछि  गहुँको मूल्य ४२ रुपैयाँ प्रति किलोबाट बढेर ४७ रुपैयाँ प्रति किलो सम्म पुगेको थियो । 

नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुँदै आएकोमा मैदा उद्योगीहरूले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ५ : ०२ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी