गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा « Khabarhub

गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात शुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । 

उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा  दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन । यस वर्ष पर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मूल्य बढ्न थालेकाले ट्रेडरहरुले गहुँ सञ्चिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो । विगत ३ महिना देखि गहुँ आयात हुन थालेको र अहिले सम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भइसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रिय सचिव विकास बेगवानीले जानकारी दिए ।

गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैयाँ प्रति किलोमा स्थिर रहेको छ । गत वर्ष यसै समयमा गहुँको मूल्य ६४ रुपैयाँ प्रति किलो सम्म पुगेको थियो । गहुँको सञ्चिती गर्ने प्रवृत्ति बढेपछि  गहुँको मूल्य ४२ रुपैयाँ प्रति किलोबाट बढेर ४७ रुपैयाँ प्रति किलो सम्म पुगेको थियो । 

नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुँदै आएकोमा मैदा उद्योगीहरूले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ५ : ०२ बजे

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका

डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स