विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ६ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर
जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ ।

गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा फसेका छन् । उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताएका छन् । लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो ।

‘उहाँलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुलारूपमा पढिएको छ’, पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी ९एफआईए० का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भने ।

एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ । अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दाबीको खण्डन गरेका छन् ।

खानको पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटीआई० पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ । पीटीआईका एक प्रवक्ताले ‘अदालत परिसरभित्र जनता तथा मिडियाको पहुँचबिना आयोजित’ मुद्दामा दुवै व्यक्तिमाथि औपनिवेशिक युगको आधिकारिक गोपनीयता कानूनअन्तर्गत आरोप लगाइएको बताए ।

खानका वकिल उमर खान नियाजीले पत्रकारहरूसँग भने, ‘हामी यसलाई चुनौती दिनेछौँ ।’ खानका वकिलहरूका अनुसार जुन अपराधमा उहाँमाथि आरोप लगाइएको छ त्यसमा १४ वर्षको जेल सजाय हुनसक्छ र सबैभन्दा गम्भीर परिस्थितिमा मृत्युदण्डको सजायको प्रावधान छ ।

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन् । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन् । छलफलका क्रममा उनीहरूले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चितता गरेका छन् ।

राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतंकवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन् । विज्ञप्तिमा भनिएको छ मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।

साथै उनले दुई अमेरिकी बन्धकहरूलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए । आमाको खराब स्वास्थ्यका कारण मानवीय आधारमा उनीहरूको रिहा गरिएको थियो।

साथै दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकहरू सहित बाँकी सबै बन्धकहरूलाई अझ सुरक्षित बनाउने प्रयासहरू बारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गरेका छन् । उनीहरू पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ ।

इजरायलले गाजा क्षेत्रमा हमास विरुद्ध आक्रमण जारी राखिरहेका बेला १४ ट्रक मानवीय राहतका सामग्रीहरू भरिएको रफाह क्रसिङ हुँदै सोमबार पट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ। यी सहायता ट्रकहरू इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघ द्वारा प्रायोजित रहेको बताइएको छ ।

यसैबीच,अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार गाजामा सहायताको आवागमनलाई सहजीकरण गर्ने कुरामा जोड दिएका थिए । उनले इजरायल र इजिप्टका सरकारहरूसँग लगनशीलताका साथ काम गरेको उल्लेख गरेका छन् ।

चीनको अन्तरबैंक ट्रेजरी बन्ड सूचकांक सोमबार उच्च
चीनको अन्तरबैंक ट्रेजरी बन्ड इन्डेक्स सोमबार १,००२.८९ बिन्दुमा खोलिएको छ । जुन अघिल्लो बन्दको १,००३.२२ बिन्दुको तुलनामा बढिरहेको चीन विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ ।

सूचकांकले चीनको अन्तरबैंक बन्ड बजारमा ट्रेजरी बण्डको वास्तविक समय व्यापारलाई प्रतिबिम्बित गर्दछ।

यो अनुक्रमणिका हरेक कार्यालय सञ्चालनको दिनमा बिहान ९ बजे खुल्ने र बेलुका ५ बजे बन्द नभएसम्म हरेक पाँच मिनेटमा अपडेट हुन्छ ।

गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देखीका हिंसामा उनीहरू मारिएको बताइएको छ ।

‘हामी स्तब्ध छौं, शोकमा छौं । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ’ राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् । यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ ।

टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।

भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन
भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए ।

‘भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैँ सम्झिनेछ’, भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत ९बीसीसीआई० का पूर्वअध्यक्ष ठाकुरले पत्रकारहरूसँग भने, ‘यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो, यो दुःखद घडीमा सम्पूर्ण क्रिकेट जगत् उहाँको परिवारको साथमा छ ।’

इरापल्ली प्रसन्ना, श्रीनिवास वेङ्कटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा दुई ६६ विकेट लिएका थिए ।

बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । बेदी प्राय साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी थिए ।

ठूलो पगरी र हँसिलो अनुहारका साथ उहाँ दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक थिए तर पछिल्ला केही वर्षमा उहाँको खराब स्वास्थ्यका कारण उनलाई सक्रिय सामाजिक जीवनबाट टाढा राखेको थियो ।

दुई वटा विवाह गरेका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । उनका कान्छा छोराले सन् २००२ की मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका हुन् ।

पाकिस्तानका पूर्वकप्तान इन्तिखाब आलमले उनको निधनमा दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, ‘उहाँसँग मेरो धेरै सौहार्दपूर्ण र मित्रतापूर्ण सम्बन्ध थियो, उहाँ एक महान स्पिनर हुनुहुन्थ्यो, यो क्रिकेट र विशेषगरी भारत–पाकिस्तान क्रिकेटका लागि ठूलो क्षति हो ।’

हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइ
इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतंककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव संकलन कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ ।

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ ।

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतंककारीका यस्ता कार्यले यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

चिनियाँ प्रधानमन्त्री र जापानी प्रधानमन्त्रीबीच शुभकामना आदानप्रदान
चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार चीन र जापानबीच शान्ति तथा मित्रता सन्धिमा हस्ताक्षर भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।

आफ्नो सन्देशमा लीले सन्धिको भावनालाई पुनरुत्थान गर्न, द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउन र नयाँ युगको आवश्यकता अनुरूप चीन-जापान सम्बन्ध निर्माण गर्न चीन जापानसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : ५९ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर