अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय « Khabarhub

अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाजीगर, इश्क र रेस जस्ता चलचित्रमा काम गरेका वरिष्ठ अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय सुनाइएको छ । पाँच वर्षअघि २०१८ मा, दलीपले मदिरा सेवन गरी मुम्बईको खार क्षेत्रमा अटोलाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्।

ताहिललाई मादक पदार्थ सेवन गरी गाडी चलाएको र अटोलाई ठक्कर दिएको आरोप लागेको थियो। मदिरा सेवन गरी गाडी चलाएको र दुर्घटना हुँदा फरार भएको अनुसन्धानबाट खुलेको छ । तर, ट्राफिक जामका कारण उनी भाग्न सकेनन् ।

उनलाई घटनास्थलबाट खार प्रहरी चौकीमा ल्याइएको थियो, जहाँ उनले मदिरा सेवन गरेको स्पष्ट देखिएको थियो । यही प्रमाणका आधारमा ५ वर्षपछि उनलाई म्याजिस्ट्रेटको अदालतमा दोषी ठहर गर्दै २ महिनाको जेल सजाय सुनाइएको हो।

दलीप दुर्घटनापछि घटनास्थलबाट भाग्न खोजेका थिए तर गणेश विसर्जनका कारण उनी भीडमा फसेका थिए र स्थानीयले समातेका थिए । उनलाई कारबाट बाहिर निकाल्ने प्रयास गर्दा त्यहाँ उपस्थित व्यक्तिसँग उनको झगडा भएको थियो ।

मुम्बईको खार पुलिस स्टेशनका एक इन्स्पेक्टरले दलीपले रगत परीक्षणको लागि आफ्नो नमुना दिन अस्वीकार गरेको बताए ।

प्रहरीले दुर्घटनामा परी घाइते भएका तीनै जनाको स्वास्थ्य परीक्षण गरेको थियो । ताहिल मादक पदार्थ सेवन गरी लापरवाही गाडी चलाएको आरोपमा पक्राउ परे पनि पछि जमानतमा रिहा भएका थिए ।

स्रोत: एएनआई

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ५९ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक