‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण सुरु « Khabarhub

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण सुरु


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ताल निर्माण सुरु गरिएको हो । अहिले ताल निर्माणका लागि विजय/लोटस/तेजस्वी जेभीले पाँच करोड ८७ लाखमा बाँध निर्माणको सम्झौता गरी निर्माण थालनी गरेको छ ।

एक वर्ष अगाडि नै सुरु हुनुपर्ने सो निर्माण कार्य रकम अभावका कारण ढिला हुन गएर अहिले कार्य थालनी भएको निर्माण व्यवसायी गणेश तामाङले बताए ।

आगामी २०८१ मङ्सिर ७ गते सम्पन्न गर्नुपर्ने बहुवर्षीय योजनाको रुपमा सुरु भएको परियोजनाको अहिले पहिलो चरणअन्तर्गत बाँध निर्माणको काम गरिरहेको छ । बाँध निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर जग खन्ने काम भइरहेको छ ।

थलथले अवस्थामा रहेको सो ठाउँमा यसअघि खासै कोही जाँदैनथे । सो ठाउँमा अहिले कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धनको काम अगाडि बढाइएको हो ।

ताल निर्माण भएपछि सिँचाइको सुविधासमेत हुने भएकाले त्यहाँका स्थानीयवासीको आर्थिकस्तरमा वृद्धि हुने स्थानीयवासी लालचन्द्र गिरीले बताए । ताल निर्माणसँगै सो ठाउँमा डुङ्गा सञ्चालन गर्ने र ताल आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यानसमेत निर्माण गर्ने जनाएको छ ।

सो स्थान आसपासमा रहेको वासुकी उद्यान र देवीस्थानडाँडा अर्को आकर्षणको केन्द्र रहेको छ । अग्लो ठाउँमा रहेको सो स्थानबाट काठमाडौँ उपत्यका लगायत काभ्रेको बनेपा आसपासका सबै ठाउँ नियाल्न सकिने भएकाले पनि पर्यटकको लागि उपयुक्त स्थान हुने गिरीगाउँका स्थानीयवासी सानुकाजी गिरीले बताए ।

त्यससँगै अब ताल निर्माण कार्य सम्पन्न भएपछि आधुनिक भवन निर्माणसँगै पर्यटकको आवागमन बढेर उत्पादन हुने कृषिजन्य बस्तुको बिक्रीबाट स्थानीय कृषकको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

पहिला नालाको शेरा बजारसम्म लगेर तरकारी बिक्री गरेकामा पछिल्लो समयमा सडकको सुविधा भएपछि ठेकेदारले बारीसम्म पुगेर सङ्कलन गरी सिधै काठमाडौँ बिक्री गर्दै आएको किसान बताउँछन् ।

काम सुरु भए पनि सम्पन्न नभइञ्जेलसम्मका लागि बजेटको सुनिश्चित गर्न र निर्माण व्यवसायीले पनि समयमा नै सम्पन्न गरिदिनका लागि स्थानीयवासीले आग्रह गरेका छन् ।

लामो समयदेखि देखेको सपना बल्ल साकार हुन थालेको भन्दै यहाँका बासिन्दाले अब त्यसलाई छिट्टै सम्पन्न गर्नका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ९ : ०३ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको