प्रदर्शनलाई लक्षित गरी बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति | Khabarhub Khabarhub

प्रदर्शनलाई लक्षित गरी बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालयले युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ले आज काठमाडौँमा प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

दुई विरोधी समूहको प्रदर्शनमा झडप हुन सक्ने अवस्थालाई मध्यनजर गरी डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरिएको छ । जसमा सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना सहितको संयुक्त टिम रहेको छ ।

प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार पारेको छ ।

जुलुस निस्कने ठाउँहरू, प्रदर्शन तथा सभास्थलमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । यी स्थानहरूलाई लक्षित गरी एक हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालित गरिएको छ ।

काठमाडौँमा करिब २ हजार ५ सय, ललितपुर र भक्तपुरमा ५–५ सय प्रहरी परिचालन गरिएको छ ।

यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रदर्शन स्थलका लागि सादा पोसाकका प्रहरी खटाइएको जनाइएको छ ।
प्रहरीले दुवै प्रदर्शनको ड्रोनबाट समेत निगरानी गर्नेछ ।  

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ९ : ३६ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल