प्रदर्शनलाई लक्षित गरी बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति « Khabarhub

प्रदर्शनलाई लक्षित गरी बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालयले युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ले आज काठमाडौँमा प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

दुई विरोधी समूहको प्रदर्शनमा झडप हुन सक्ने अवस्थालाई मध्यनजर गरी डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरिएको छ । जसमा सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना सहितको संयुक्त टिम रहेको छ ।

प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार पारेको छ ।

जुलुस निस्कने ठाउँहरू, प्रदर्शन तथा सभास्थलमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । यी स्थानहरूलाई लक्षित गरी एक हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालित गरिएको छ ।

काठमाडौँमा करिब २ हजार ५ सय, ललितपुर र भक्तपुरमा ५–५ सय प्रहरी परिचालन गरिएको छ ।

यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रदर्शन स्थलका लागि सादा पोसाकका प्रहरी खटाइएको जनाइएको छ ।
प्रहरीले दुवै प्रदर्शनको ड्रोनबाट समेत निगरानी गर्नेछ ।  

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ९ : ३६ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी