लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय « Khabarhub

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ ।

विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताए ।

‘सौका, भोटे, राउटे, मगर र रानाथारु, डगौराथारुका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्’, उनले भने, ‘हामीले सबै कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।’

निर्देशक भट्टले रानाथारुको लोककथा रानाथारु भाषामा, मगरका कथा मगरका भाषामा प्रकाशन हुने बताए । ‘दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपालीमा प्रकाशन हुनेछन्’, उनले भने, ‘हाम्रो धर्म संस्कृति रितिरिवाज हिजो कस्तो थियो कथाका माध्यमबाट जानकारी मिल्छ ।’ विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको निर्देशक भट्टले जानकारी दिए ।

साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक कार्य भएको बताए । ‘लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्’, उनले भने, ‘यसबाट लोक जीवन बुझ्न सहज हुन्छ ।’

यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्यले यस क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने साहित्यकार कविराज भट्ट बताउँछन् । ‘यसले लोक साहित्यको संरक्षण एवं प्रवद्र्धनमा टेवा पुग्छ’, उनले भने, ‘मौखिकरुपमा रहेको साहित्य लिखितरुपमा आएपछि यसपछि अध्ययन अनुसन्धान गर्नेलाई पनि सहज हुन्छ । सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान तीव्र पारेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १० : २२ बजे

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको