वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो । 

आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध रू ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध रू एक करोड १९ लाख पाँच हजार छ सय तीन, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध रू ८९ लाख दुई हजार छ सय ६५ बराबरको बिगो दाबी गरिएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध रू १३ लाख ३१ हजार दुई सय १७ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

आयोगले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध रू ७८ हजार र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध रू ३५ लाख ५० हजार नौ सय ५२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्। 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ४ : १० बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै