सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै « Khabarhub

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका–७ स्थित सिमठानासिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ । खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो ।

यसअघि कुवाको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकोमा कुवा पनि सुकेपछि थप समस्या भएको थियो । कुवा सुकेपछि जरुवाको अशुद्ध पानीको भरमा दैनिकी चलाएका यहाँका स्थानीय शुद्ध पानी पाउने भएपछि खुसी भएका छन् ।

कार्यालयका इञ्जिनियर वसन्तकुमार दुलालका अनुसार खानेपानीका लागि बोरिङ तयार भइसकेको छ । ‘एकसय २२ मिटर गहिरो खनेर बोरिङ तयार पारेका छौँ’, उनले भने, ‘अहिले तयार पारिएको बोरिङबाट २० लिटरप्रति सेकेन्ड पानी फालिरहेको छ ।’ योसँगै अब ओभरहेड ट्याङ्की निर्माणको कामलाई अगाडि बढाउन थालिएको उनको भनाइ थियो ।

ओभरहेड ट्याङ्की निर्माण भएमा यहाँका प्रत्येक घरमा खानेपानी पुर्‍याउन सकिने दुलाले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले अहिले काम भइरहेको उनको भनाइ थियो । 

थप बजेट आवश्यक परेमा व्यवस्थापन गरेर घरघरमा खानेपानी पुर्‍याइने प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारा नै भएकाले आफूहरुले खानेपानी नपुगेको ठाउँमा खानेपानी पुर्‍याउने गरी काम अघि बढाइरहेको उनको भनाइ थियो । ‘खानेपानी पुर्‍याउने सरकारको दायित्व हो’, मन्त्री मास्कीले भने, ‘सिमठानासीमठानी गाउँमा छिट्टै खानेपानी पुर्‍याउने गरी काम भइरहेको छ ।’

विद्युत् र पम्प हाउस जडान गरेमा छिट्टै यहाँका बासिन्दाले खानेपानी पाउने गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए। पहिलो चरणमा घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले खानेपानीका लागि आवश्यक संरचना निर्माण अघि बढाइएको उनले बताए।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ४ : ५६ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।